Nayonghang Society Nepal

याक्थुङ
नयोङहाङ

हाम्रो बारेमा

हाम्रो बारेमा

नयोङहाङ समाज नेपालको इतिहास

न्योङहाङ समाज नेपाल, लिम्बु जातिको समुदायसँग सम्बन्धित छ। लिम्बु जाति नेपालका किरात समुदायमा पर्छ, र यस समुदायको ऐतिहासिक जरा पूर्वी नेपालको लिम्बुवान क्षेत्र (हालको कोसी र मेची अञ्चल) मा रहेको छ। लिम्बु समुदायको संस्कृति, भाषा, रीतिरिवाज, परम्परा, र सामाजिक संरचना छुट्टै विशेषता बोकेको छ। न्योङहाङ समाज नेपाल, लिम्बु जातिको समुदायसँग सम्बन्धित छ। लिम्बु जाति नेपालका किरात समुदायमा पर्छ, र यस समुदायको ऐतिहासिक जरा पूर्वी नेपालको लिम्बुवान क्षेत्र (हालको कोसी र मेची अञ्चल) मा रहेको छ। लिम्बु समुदायको संस्कृति, भाषा, रीतिरिवाज, परम्परा, र सामाजिक संरचना छुट्टै विशेषता बोकेको छ।न्योङहाङ समाज नेपाल, लिम्बु जातिको समुदायसँग सम्बन्धित छ। लिम्बु जाति नेपालका किरात समुदायमा पर्छ, र यस समुदायको ऐतिहासिक जरा पूर्वी नेपालको लिम्बुवान क्षेत्र (हालको कोसी र मेची अञ्चल) मा रहेको छ। लिम्बु समुदायको संस्कृति, भाषा, रीतिरिवाज, परम्परा, र सामाजिक संरचना छुट्टै विशेषता बोकेको छ।

कुनै विशेष पुर्खाको सन्तान दरसन्तानको रेखाचित्र वा वंशवृक्ष सहितको नालीवेली नै वंशावली हो । अंग्रेजीमा Geneology भनिन्छ भने याक्थुङ भाषामा थाकमिङस्र भनिन्छ । कुनैपनि वंशको पुर्खा पहिचान गरी उसको सन्ततिहरूको क्रमबद्ध सूची सहितको इतिहास हो वंशावली । वंशावलीमा भाषा, भेषभूषा, संस्कार, सँस्कृति, परम्परा, रहन सहन, भूगोल, गतिविधी सम्पूर्ण कुरा समेटेर दस्तावेजीकरण गरिन्छ । अहिलेको यो भूमण्डलीकरणको जमानामा विश्वभरी छरिएर रहेता पनि म को हूँ ? र कहाँ छु ? मेरो पुर्खा को को हुन ? कहाँकहाँ थिए ? हाल वर्तमानको वंश दाजुभाइहरू कहाँकहाँ छन् ? मेरो भेषभूषा धर्म संस्कार सँस्कृति के हो आदि सबै कुरा छर्लङ्ग देखाउने दर्पण हो वंशावली ।

वंशावलीमा कुनै विशेष पुर्खाबाट नाम थर सहित पुस्ता नं. सहित सुचिकरण रेखाङकीत गरिने भएको हुँदा साइनो अर्थात् नाता सम्बन्ध केलाउन सजिलो हुन्छ । विश्वको जुनसुकै कुनामा रहे बसेतापनि वंशभित्रका हरेक व्यक्ति व्यक्तिलाई एकताको मालामा सुत्रबद्ध गर्दछ । वंशावलीले आफुलाई आफैले खोज्ने भेट्ने चिन्ने चिनाउने कार्य गर्दछ तर यो प्रकृया निरन्तर चलि रहन्छ । त्यसैले एक प्रकारले भन्नु पर्दा यो अन्त्यहिन खोज अनुसन्धान कार्य पनि हो ।                                                                                                                                                 

हाम्रो उदेश्य

विश्वभरी छरिएर रहेका दाजुभाई तथा – दिदीबहिनीहरूलाई एकताको मालामा सुत्रबद्ध गरी वंशको भातृत्वलाई मजबुत बनाउने, आफुले – आफैलाई चिन्ने अर्थात् आफ्‌नो वंशको बारेमा परिचित हुने, विश्वाका कुन-कुन ठाउँमा रहेको छौ भनि पहिचान गर्ने, वंशको इतिहास तथा पुर्खाहरूको जानकारी राख्ने, संस्थागत रूपमा अगाडी बढ्नको लागि सम्पूर्ण वंशलाई अभिप्रेरित गर्ने गराउने, वंशको इतिहासको खोज अनुसन्धान गरी सत्यतथ्य विश्लेषण गरी दस्तावेजीकरण गर्ने, मुल माङ्गेन्नायकलाई bols पहिचान तथा किटान गरी संरक्षण सम्वर्द्धनको निम्ति उत्प्रेरणा जगाउने, संस्कार सँस्कृतिको निम्ति जागृत गर्ने गराउने आदि ।

नयोङहाङ समुदायको महत्व

वंशावली वंशको इतिहास हो । यसले विगतका पुर्खाहरूसँग जोडेर भविष्यको भावी पिढीसँग अंकमाल गर्नको निम्ति मार्ग प्रशस्त गर्दछ । याक्थुङ वा जाति हुनुको नाताले वंशको इतिहास निर्माण कार्यले याक्थुङ जातिकै इतिहास निर्माणको एउटा खम्बाको रूपमा भूमिका निर्वाह गर्दछ । देश विदेशमा छहरिएर रहेका वंश दाजुभाई तथा छोरी चेलीहरूलाई एकताको मालामा सुत्रबद्ध गर्दछ । यसले विगतको पुर्खाहरूसँग परिचित गराउछ । वर्तमानसँग
एकाकार गराउछ भने भविष्यसँग जोड्ने पुलको इति काम गर्दछ । वंशको क्रमागत सुचिबद्धताले नाता सम्बन्धलाई प्रष्ट रूपमा केलाउने गर्दछ । जसले गर्दा भातृत्वको भावनालाई प्रगाढ र मजबुत बनाउछ । विश्वभरी छरिएर रहेका वंश सदस्यहरूलाई एउटै छानामुनिको घर वंशावलीमा गोलबन्द गरी एउटै परिवारको पारिवारीक वातावरण सृजना गर्दछ । वंशावली निर्माणले खोज अनुसन्धानको क्रममा प्राप्त दस्तावेज, लोकश्रुति तथा किम्बदन्तीहरूको अभिलेखिकरण गर्दछ । वंशावलीले मानव उत्पति तथा विकास र समाज विकासलाई बुझ्न नि बुझाउन मद्दत गर्दछ । यसले उदगम स्थल तथा माङगेन्नायकको जानकारी गराउदछ । वंशावलीले वंशको वंशवृक्षलाई क्रमागत रूपमा अद्यावधिक राख्दछ ।

Scroll to Top