Nayonghang Society Nepal

याक्थुङ
नयोङहाङ

हाम्रो बारेमा

नयोङहाङ समाज नेपाल, लिम्बु जातिको समुदायसँग सम्बन्धित छ। लिम्बु जाति नेपालका किरात समुदायमा पर्छ, र यस समुदायको ऐतिहासिक जरा पूर्वी नेपालको लिम्बुवान क्षेत्र (हालको कोसी र मेची अञ्चल) मा रहेको छ। लिम्बु समुदायको संस्कृति, भाषा, रीतिरिवाज, परम्परा, र सामाजिक संरचना छुट्टै विशेषता बोकेको छ। न्योङहाङ समाज नेपाल, लिम्बु जातिको समुदायसँग सम्बन्धित छ। लिम्बु जाति नेपालका किरात समुदायमा पर्छ, र यस समुदायको ऐतिहासिक जरा पूर्वी नेपालको लिम्बुवान क्षेत्र (हालको कोसी र मेची अञ्चल) मा रहेको छ। लिम्बु समुदायको संस्कृति, भाषा, रीतिरिवाज, परम्परा, र सामाजिक संरचना छुट्टै विशेषता बोकेको छ।न्योङहाङ समाज नेपाल, लिम्बु जातिको समुदायसँग सम्बन्धित छ। लिम्बु जाति नेपालका किरात समुदायमा पर्छ, र यस समुदायको ऐतिहासिक जरा पूर्वी नेपालको लिम्बुवान क्षेत्र (हालको कोसी र मेची अञ्चल) मा रहेको छ। लिम्बु समुदायको संस्कृति, भाषा, रीतिरिवाज, परम्परा, र सामाजिक संरचना छुट्टै विशेषता बोकेको छ।

सचिवालय समिती

सुरेश नयोङहाङ

सुरेश नयोङहाङ

अध्यक्ष
गोपाल नयोङहाङ

गोपाल नयोङहाङ

सदस्य
टंक बहादुर नयोङहाङ

टंक बहादुर नयोङहाङ

सदस्य
योगेन्द्र कुमार नयोङहाङ

योगेन्द्र कुमार नयोङहाङ

सदस्य
डम्बर बहादुर नयोङहाङ

डम्बर बहादुर नयोङहाङ

सदस्य

वंशावली

नयोङहाङ वंशावली लेखन क्रममा नयोङहाङ इति बृतान्तको साथसाथै याक्थुङ जातिको उत्पत्ति, मानव जातिको उत्पत्ति, प्राणी तथा वनस्पतिको उत्पत्ति, पृथ्वीको उत्पत्ति तथा विश्व ब्रम्हाण्डको उत्पत्तिलाई संक्षिप्त रूपमा राख्नु पर्ने आवश्यकता महसुस गरेर मुन्धुम अनुसार मुहोप नेस्सेमु, खेहोप नेस्सेमू, मुहडलीङ नेस्नेमू, खेहङलीङ नेसेमू अर्थात सबैभन्दा पहिला शुरूवाती अबस्थामा संसारै थिएन । अन्धकारै अन्धकार थियो । महासुन्यता थियो । भनेर शुभारम्भ गर्नु पर्दछ भन्ने लाग्दछ । वंशवली लेखन गर्दा विश्व ब्रम्हाण्ड सृष्टि देखि विशेषत मानव सृष्टि, याक्थुङवा जातिको सृष्टि तथा याक्थुङवा जाति भित्रको सम्बन्धित थरीको सृष्टि तथा वृतान्त लेख्नु पर्दछ । यस सन्दर्भमा अध्ययन अनुसन्धान गर्दा दुई तरिकाबाट व्याख्या विश्लेषण गरिएको पाइन्छ । एउटा मुन्धुमी आधार र अर्को वैज्ञानिक आधार । मुन्धुममा व्याख्या भए अनुसार विश्व ब्राम्हण्डको सृष्टि, मानव जातिको सृष्टि, प्राणी तथा वनस्पितको सृष्टिलाई ब्याख्या गर्दा, ठाउँ स्थान विशेषको व्याख्याको आधार तथा विभिन्न कथा किंवदन्तीको आधारमा अध्ययन अनुसन्धान गर्दा सर्वश्रेष्ठ इश्वर तागेरा निङवाफुमाङको निर्देशनमा सिधै विश्व ब्राम्हण्डको सृष्टी, प्राणी तथा वनस्पतिको सृष्टी र सिधै मानव जातिको सृष्टी, मानव जातिको सृष्टीमा पनि याक्थुङ जातिको सृष्टी भएको वा गरेको पाइन्छ ।

अध्यक्षको सन्देश

सुरेश नयोङहाङ

अध्यक्ष

आदरणीय विश्वभरीका नयोङहाङ दाजु-भाई,छोरी-चेलि तथा सुभचिन्तक वुद्धीजिविहरुमा मेरो लुङमेन्दिङ सेवारो ! नमस्कार !!

आज भन्दा लगभग २५ बर्ष अघितिर धरानमा अहिले जस्तो धेरै नयोङहाङहरु थिएनन्। त्यो समयमा सुख भन्ने कुरा सपना जस्तै मात्र लाग्दथ्यो । दुख, आपत, विपद आई लाग्दा सपना देखे जस्तो हुँदैन, बाध्य भएर जुटाउन सक्नु पर्दथ्यो । त्यो कठोर परिस्थितिलाई मध्यनजर गरेर २०५६ सालमा क्याप्टेन मेहरमान नयोङहाङको नेतृत्वमा धरानमा रहेका नयोङहाङ दाजु-भाई लाई सङ्गठित गरी दुःख पीरमर्कामा सबैले एक आपसमा सहयोग गरागर गर्ने परिकल्पना को साथमा नयोङहाङ संस्था भन्ने समिति गठन गरिएको थियो। जसलाई निरन्तता दिदै आउँदा धरान भन्दा बाहिरको गाउँ गाउँका दाजु-भाई तथा छोरी-चेलि सबैलाई समेटेर हाम्रो बंशको साझा संस्था नयोङहाङ समाज नेपाल निर्माण गर्ने कार्य सुरु भयो । लामो छलफल गरी २०७६ साल साउन १३ गते जगन्धोज नयोङहाङको अध्यक्षतामा नयोङहाङ समाज नेपाल तदर्थ समिति गठन गरीयो । हाम्रो बंश एकताको कोसिसलाई जगनध्वोज ज्युले साथ दिनु भएको कारण आज यो संस्था खडा भएकोछ । तर दुर्भाग्य बस वहाँको निधन भयो । वहाँको आत्माको चिरशान्तिको कामना सहित तदर्थ समितिको बैठकले लाल बहादुर नयोङहाङ लाई कार्यबाहक तदर्थ संयोजकको जिम्मेवारी दिएको थियो । उक्त कार्यसमितिको आयोजना २०७८ साल बैशाख ४ गते धरान १० सैनिक भवन सुनसरीमा विश्वभरीका नयोङहाङ दाजु-भाई, छोरी- चेली, ज्वाई,भान्जा भान्जी तथा बुद्दिजिबीहरूको बिशाल उपस्थिति भएको साधारण सभाबाट निर्विरोध निर्वाचित म सुरेश नयोङहाङ सहित ३७ जनाको कार्यसमिति निर्वाचित भएका थियौ ।

मैले अध्यक्ष पदको जिम्मेवारी पाईसकेपछि नयोङहाङ समाज नेपाललाई कसरी स्थापित गर्ने भन्ने बिषयमा साधरणसभा भएको हलमा पहिलो बैठक राखियो । दोस्रो बैठक २०७८ असोज १६ गते धरान ड्रिमलेण्डमा बसियो । धेरै प्रस्तावहरू माथि ब्यापक छलफल भयो । सबै निर्णयहरू पास भयो । भित्ते पात्रो, देउसी-भैलो, नयोङहाङ मुख पत्र पुस्तिका, नयोङहाङ माङ्गेना यक, बंशावली संशोधन समिति लगायत विविध अन्य धेरै बिषय उपर छलफल भएको थियो । प्राय: सबै निर्णयहरुको कार्यनयन भएको छ । म अध्यक्ष हुँदा हाम्रो कार्यसमितिलाई देश बिदेशबाट पुर्णरुपमा साथ सहयोग सम्मर्थन संगै प्रशंसा गरेको मैले अनुभुत गरेकोछु । बाहिर तिर कोही कसैले दुखेसो भएमा यसलाई संस्था दोर्याउने मार्गदर्शनको रुपमा लिएको छु । मैले गरे भन्ने शब्द म कहिल्यै गर्दिन । हाम्रो कार्यसमितिले राम्रो काम गरेकोछ भन्ने लाग्छ । यदी कहि कतै जान अन्जान गलत भएकोछ भने सधै त्यसको जिम्मा म लिनेछु। विश्वभरीका नयोङहाङ दाजु-भाई तथा छोरी-चेलिलाई एक बनाउनु मुख्य कुरा हो । त्यसको निम्ति हामी लागि पार्नु पर्दछ । सँधै लागि रहनु पदर्छ । नयोङहाङ समाज नेपाल संस्था अन्तरगत हामी एकतावद्ध छौं। वंशावली पुस्तकले एकतालाई अझ बलियो बनाउने कार्य गर्दछ भन्ने आशा लिएकोछु। अब बाँकी रहेका कामहरूलाई आउने कार्यसमितिले जोड्दै जानु पर्छ ।

अन्त्यमा मैले वंश प्रति काम गर्दा जान अन्जान गल्तीहरू भए क्षमा चाहन्छु । बिषेश गरेर हाम्रो मूल मन्त्र नयोङहाङ जुट्नुपर्छ, जुटिरहनु पर्छ, कदापि छुट्नु हुदैन । धन्यबाद ! आसेवारो !!

नयोङहाङ समाज नेपालको ग्यालरी

हाम्रो पछिल्लो गतिविधि

  • All Posts
  • Blog
नयोङहाङ समाज नेपालको इतिहास, र सामाजिक संरचना छुट्टै विशेषता बोकेको छ।

November 11, 2024

न्योङहाङ समाज नेपाल, लिम्बु जातिको समुदायसँग सम्बन्धित छ। लिम्बु जाति नेपालका किरात समुदायमा पर्छ, र यस समुदायको ऐतिहासिक जरा पूर्वी…

लिम्बु जाति आफैँ किरात जातिमा पर्छ र पूर्वी नेपालमा बसोबास गर्ने प्रमुख आदिवासी समुदाय हो।

November 11, 2024

नयोङहाङ समुदाय नेपालका लिम्बु जाति अन्तर्गत पर्ने एक प्रमुख समुदाय हो। यसको सांस्कृतिक, सामाजिक, र ऐतिहासिक दृष्टिले ठूलो महत्व छ।…

नेपालमा वंशावलीलाई विशेष महत्व दिइन्छ, र सामाजिक स्थिति बुझ्न सहयोग गर्दछ।

November 11, 2024

वंशावलीको पृष्ठभूमि कुनै पनि समुदाय, परिवार, वा जातिको ऐतिहासिक र पारिवारिक उत्तराधिकारलाई बोध गराउँछ। यसले विशेष गरी कुनै समूहको वंश,…

Load More

End of Content.

Scroll to Top